Section 43
जमानत राख्न र शेयर खरीद गर्न सकिने
 दफा ४० बमोजिम बचत गरिएको रकमको रसीद वा दफा ४२ बमोजिम उपलब्ध गराइएको शेयर डिबेन्चर वा ऋणपत्र नेपाल सरकारमा बुझाउन पर्ने कुनै प्रकारको डिपोजिट वा जमानतको निमित्त ग्राहृय हुनेछ र त्यस्तो बचत रसीदबाट सरकारी संस्थाको शेयर खरीद गर्न सकिनेछ ।